images
images

नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ


  • 294
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

    काठमाडौ. । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताएका छन् । 

    नेपाल नागरिक उडड्यन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले  छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गरेका थिए। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हालै गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्रले राम्रो प्रगति गरेको बताए । 

    उनले सम्बन्धित पक्षले प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौँ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताए । मन्त्री श्रेष्ठले भन्नुभयो, “इयूको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ त्यसका लागि हामीले उच्च प्राथमिकतासहित काम अगाडि बढाउनुपर्छ । आइकाओको अडिटबाट हामीले जुन पोजिशन पाएका छौँँ, अब उनीहरुले हामी सहकार्य गर्न चाहन्छौँ । पार्टनरसिपमा हामी जान चाहन्छौँ । त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भन्ने कुरा लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ । मलाई लाग्छ यो हाम्रो लागि खुशीको कुरा हो ।”

    उहाँले इशाका तर्फबाट अनसाइट अडिट भइसकेपछि नेपाल सुरक्षा सूचीबाट हट्ने र नेपालले युरोपमा उडान गर्नसक्ने अवस्था आउने विश्वास व्यक्त  गरेका थिए ।  ।

    मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरिने बताउँदै विमानस्थलमा एयरलाइन्सलाई आकर्षण गर्न र विभिन्न छुट तथा सुविधाहरु दिइने उल्लेख  गरेका थिए । उनले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने बताए ।

    प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइकाओको अडिटले नेपालको उडान सुरक्षादर विश्वस्तरभन्दा माथि रहेकाले इयूले उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको भन्दै छिट्टै नेपाल युरोपका आकाशका लागि खुला हुने विश्वास व्यक्त गरेका थिए ।

     


    images
    images

    Logo