images
images

काठमाडौंमा एक महिलामाथि लुटपात, ५ जना पक्राउ


  • 437
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    काठमाडौंमा एक महिलामाथि लुटपात, ५ जना पक्राउ

    काठमाडौं । काठमाडौंमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलामाथि लुटपात गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–७ चावहिल बस्ने मकवानपुरका  उत्तम तामाङ, गोकणेश्वर नगरपालिका– ६ जोरपाटी बस्ने  भुपाल श्रेष्ठ, सिन्धुपाल्चोक घर भएका  कबिरजंग कुँवर, काठमाडौं दक्षिणढोका बस्ने सिन्धुपाल्चोकका कल्याण कुमार सुबेदी र चाबहिल बस्ने सिन्धुपाल्चोककै  बुनु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

    काठमाडौं महानगरपालिका– ७ चाबहिल सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी  भीम कुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिशा गराउन भनि पसलको सटर खोलेकी थिईन् । सटर खोलिसकेपछि ३ जना व्यक्ति सटरभित्र प्रवेश गरी लिम्बुको हातखुट्टा बाँधी सुनको सिक्री, कुण्डल, फूली, औंठी र नगद लगायतका धनमाल डाँका गरेको प्रहरीले जनाएको छ । 

    उनीहरुलाई प्रहरी बृत्त गौशाला, बौद्ध र मालीगाउँ समेतबाट खटिएको संयुक्त प्रहरीले कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरूबाट पक्राउ गरेको हो । प्रहरीले उतम तामाङको साथबाट नगद २२ हजार ५ सय रूपैयाँ, भुपाल श्रेष्ठको कोठाबाट आधा तोला बराबरको १ जोर सुनको कुण्डल, १ थान औंठी, १ थान पहेँलो रङको घडी र १ थान मोबाइल लगायतका दशी प्रमाण बरामद गरेको छ । 
    उनीहरू माथि डाँका गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo