images
images

प्रेस युनियनले भन्यो, निर्वाचनका ‘उपविजेता’हरुको यथोचित सम्मान गर्छौ 


  • 383
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    प्रेस युनियनले भन्यो, निर्वाचनका ‘उपविजेता’हरुको यथोचित सम्मान गर्छौ 

    काठमाडौं । प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । शनिबार युनियनको मुख्यालयमा अध्यक्ष शिव लम्साल नेतृत्वको पहिलो बैठक सम्पन्न भएको हो । युनियनको साउन ६ र ७ गते भएको महाधिवेशनले १ सय १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । 

    पहिलो बैठकले निर्वाचनमा पराजित भएका उम्मेदवारहरुको यथोचित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । बैठकले महाधिवेशन सम्पन्न गर्ने सहयोग गर्ने निवतमान कार्यसमिति, नेपाली कांग्रेस लगायत सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । 

    बैठकले पत्रकारको न्युनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउँदै न्युनतम पारिश्रमिक कार्यान्वयन गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह समेत गरेको छ । 


    images
    images

    Logo