images
images

राहदानी बनाई दिने भन्दै ठगीमा संलग्न चार जना पक्राउ


  • 358
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    राहदानी बनाई दिने भन्दै ठगीमा संलग्न चार जना पक्राउ

    काठमाडौं । राहदानी बनाई दिने भन्दै ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न चार जना पक्राउ परेका छन् । त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी रकम संकलन गरी ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।


    पक्राउ पर्नेमा ३३ वर्षीय राम बहादुर बोगटी,२८ वर्षीय श्याम कुमार राई, २२ वर्षीय राम पौडेल र ४१ वर्षीय विबेक गुरूङ रहेका छन् ।उनीहरूले राहदानी विभागमा सेवाग्राहीहरूलाई ललाई फकाई विश्वासमा पारी रकम संकलन गरी ठगी गर्नुका साथै कीर्ते गरी अनलाइन फारम भरिदिने कार्य गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरू उपर ठगी सम्बधि कसूर र लिखत सम्बन्धि कसूरमा जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo