काठमाडौं । नेप्सेले हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार कारोबार रोक्का गरेको छ । नेप्सेले हाइड्रोपावर कम्पनीले बजार चलिरहेकै समयमा बोर्ड बैठक गरेको १ः०.७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भन्दै सूचना प्रकाशित गरेकाले कारोबार रोक्का गरेको हो ।
नेप्सेका अनुसार कम्पनीले साउन १३ गते कारोबार समय भित्र सञ्चालन समितिको बैठकले शेयर धनिलाई १ः०.७५ प्रतिशत हकप्रद शेयर दिने विशेष प्रस्ताव २ बजेर ५२ मिनेटमा जानकारी गराएको भन्दै स्पष्टिकरण सोधेको छ । साे कम्पनीले बुकक्लोजको दिन भन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा साे समेत नदिएकोले नेप्सेले ३ दिनका लागि काराेबार राेक्का गरेकाे छ ।
नेप्सेले शेयरधनी दर्ता किताबको सूचना के कति कारणबाट नेप्सेमा ७ दिन अघि नै जानकारी नगराएको हो ? भन्दै तीन दिन भित्र जवाफ पठाउन समेत भनेको छ ।



