images
images

अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः कोरोना संक्रमण


  • 325
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः कोरोना संक्रमण

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन पुनः एकपटक कोरोना संक्रमित भएका छन् । उनका डाक्टरहरूले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् ।

    जो बाइडेन पहिलो पटक २१ जुलाईमा कोरोना पोजिटिभ भेटिएका थिए । त्यसबेला यो रोगको सामान्य लक्षण देखिएपछि उनको कोरोना परीक्षण गरिएको बताइएको थियो ।
    तर, मंगलबार र शुक्रबारसम्म गरिएको चारवटा परीक्षणमा उनको नतिजा नेगेटिभ आएको थियो ।

    शनिबार जो बाइडेनले आफूमा कुनै लक्षण नदेखिएको भएपनि वरपरका मानिसहरूको सुरक्षाका लागि अलग्गै बस्ने बताए । बाइडेनका डाक्टर केभिन ओकोनरले भनेका छन्, ‘फेरि उपचार सुरु गर्नुपर्ने अवस्था नरहेको तर राष्ट्रपतिलाई निगरानीमा राखिने छ ।’

    राष्ट्रपति जो बाइडेन प्याक्सलोभिड नामक एन्टिभाइरल औषधि खाइरहेका छन् ।


    images
    images

    Logo