images
images

जनार्दन शर्मा फेरी अर्थमन्त्री बन्ने, आजै सपथ लिने


  • 429
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    जनार्दन शर्मा फेरी अर्थमन्त्री बन्ने, आजै सपथ लिने

    काठमाडौं । जनार्दन शर्मा फेरी अर्थमन्त्री बन्ने भएका छन् । बजेट निर्माणका क्रममा भएको भनिएको अनियमितता पुष्टी हुन नसकेपछि शर्मालाई नै अर्थमन्त्री बनाउन लागिएको हो । 


    यसका लागि आज बस्ने नेकपा माओवादी केन्द्रको बैठकले शर्माको नाम अर्थमन्त्रीमा सिफारिस गर्नें भएको छ । नाम सिफारिस गर्नुअघि गठबन्धनभित्र सहमति गर्नका लागि अध्यक्ष प्रचण्ड सक्रिय भइरहेका छन् । 

    शर्माको नाम अर्थमन्त्रीमा सिफारिस गर्नुअघि अहिले प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । अर्थमन्त्रीमा शर्मालाई नै ल्याउने विषयमा सुनिश्चितता खोज्न प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न वालुवाटार गएका हुन् । 

    बजेट निर्माणका बेला करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा संसदीय छानबिन विशेष समितिले छानबिन गरेर सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा शर्मामाथि लागेको आरोप पुष्टी हुने गरी कुनै प्रमाण नभेटिएको उल्लेख गरिएको छ । 

    उक्त बेहोराको प्रतिवेदनप्रति समितिमा रहेका एमालेका चार जना सांसदले असहमति जनाएका छन् भने एमालेकै अध्यक्ष केपी ओलीले पनि स्वीकार गर्न नसकिने अभिव्यक्ति दिएका छन् ।

    तर शर्मालाई निर्दोष देखाएर पुनः अर्थमन्त्री बनाउने कुरा लगभग निश्चित भएको छ । 


    images
    images

    Logo