काठमाडौं । पूर्वी पहाडी क्षेत्रलाई केन्द्र बनाएर भुकम्प गएको छ । बिहान ८:१३ बजे भुकम्पको धक्का महशुस गरिएको छ । भुकम्प मापन केन्द्रले उक्त भुकम्पको केन्द्र खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएको र क्षमता ६ रेक्टरस्केल रहेको जनाएको छ ।
यसअघि विश्वभरको भुकम्प मापन गर्ने संस्था युएसएसजीले भुकम्पको क्षमता ५.१ रेक्टरस्केल र केन्द्र भोजपुर रहेको जनाएको थियो ।
यो भुकम्पको महशुस पूर्वी क्षेत्रका जिल्ला, पश्चिम बंगालदेखि बिहारका क्षेत्र र काठमाडाैंसम्मै गरिएको थियो ।
नेपालका लागि भुकम्प मापन केन्द्रको तथ्यांकलाई नै आधिकारिक र बढी विश्वसनीय मानिन्छ ।