images
images

एनसीसी बैंकले १० लाख कित्ता संस्थापक शेयर विक्रीमा 


  • 461
    SHARES
  • २०७९ श्रावण १४ गते शनिबार

    एनसीसी बैंकले १० लाख कित्ता संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मशियल (एनसीसी) बैंकले  १० लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीमा विद्यमान ७ जना संस्थापक शेरधनीको नाममा रहेका कुल १० लाख १३ हजार ६ सय २ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।

    उक्त बैंकमा रहेका शिला श्रेष्ठको नामको ३ हजार ८ सय १३ कित्ता, राजकुमार महर्जनको नाममा रहेको ७ हजार ५ सय २५ कित्ता, दिपक रत्न शाक्यको नाममा रहेको ३ लाख १५ हजार १३ कित्ता, अम्बर बहादुर लामाको नाममा रहेको ४४ हजार ३ सय ३२ कित्ता, दिपक लामाको नाममा रहेको १ लाख ३ हजार ४ सय २९ कित्ता र मेनका लामाको नाममा रहेको १ लाख १२ हजार ४ सय ३४ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो । 

    उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकमा आवेदन दिनुपर्ने छ । उक्त समयमा तोकिएको आवेदन नपरेमा सर्वासधारणलाई विक्री गरिने बैंकले जनाएको छ । 

     


    images
    images

    Logo