images
images

जनार्दन शर्मामाथि छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)


  • 411
    SHARES
  • २०७९ श्रावण १३ गते शुक्रबार

    जनार्दन शर्मामाथि छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)

    काठमाडौं । पुर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्ने संसदीय विशेष समितिले शुक्रबार प्रतिवेदन अग्रि प्रसाद सापकोटालाई बुझाएको छ । समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको हो ।

    चालु आर्थिक बर्षको बजेट तयार पार्ने बेलामा जनार्दन शर्मामाले करको दर हेरफेर गर्ने बेलामा अन्य व्यक्ति भित्राएको भिनि ११ जना संसदीय विशेष छानविन समिति तयार गरेको थियो । उक्त समितिले १७ दिन लगाएर आज प्रतिवेदन वुझाएको छ ।  

    उक्त समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा  उक्त प्रतिवेदन पेश गरेका हुन् । जसमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख भएको छ । 

    अर्थ मन्त्रालयबाट प्राप्त गरेको जवाफ, कागजात, प्राप्त भएको  पछि सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा  करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’

    अर्थ मन्त्रालयबाट ‘एनभिआर सिस्टम’ प्राप्त भएको र त्यसबाटसमेत समितिले खोजी गरेको मितिको फुटेज नभेटिएको सभापति कर्णले बताए ।

    समितिले अर्थ मन्त्रालयको सिसिटिभी जडान र अभिलेख निरीक्षण गरेको थियो । मन्त्रालय र मातहतको पदाधिकारीसँग छलफल गरिएको उनले जानकारी दिए । साउन ४ गते नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा सिसीटिभी फुटेज रिकभर गर्न पठाइएको थियो । मन्त्रालयबाट प्राप्त कागजात, पदाधिकारीसँगको छलफल, नेपाल प्रहरीको ल्याबबाट प्राप्त प्रतिवेदन र रिकभर भएका क्लिपलगायत कागजात र प्रमाणको विश्लेषण गरी प्रतिवेदन तयार गरिएको उनले बताए ।

    प्रतिवेदनलाई सर्वसम्मत बनाउने प्रयास भए पनि कतिपय विषयमा सर्वसम्मत हुन नसकेकाले फरक मतका रुपमा प्रतिवेदनमा समेटिएको छ । संसदीय छानविन समिति गठन भएपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए । गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानविन विशेष समिति गठन गरिने घोषणा गरेका थिए । 

    प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सांसद कर्णको सभापतित्वमा गठित समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल -गौतम_, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए । 

    सङ्घीय संसद् नयाँ बानेश्वरमा आज अपराह्न समितिका सभापति लक्ष्मणलाल कर्णले सो प्रतिवेदन  सभामुख अग्निप्रसाद सापकोटालाई बुझाए थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १७ गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ । 


    images
    images

    Logo