images
images

२ करोड ५० लाख बीमा बापत ठगी गर्ने ६ जना पक्राउ 


  • 452
    SHARES
  • २०७९ श्रावण १३ गते शुक्रबार

    २ करोड ५० लाख बीमा बापत ठगी गर्ने ६ जना पक्राउ 

    काठमाडौं । प्रहरीले २ करोड ५० लाख विमा बापत ठगी गर्ने ६ जना व्यक्तिलाई पक्राउ परेको छ । सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिकामा बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको नगद २ करोड ५० लाख रूपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

    पक्राउ पर्नेहरूमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जिव अर्याल, ३२ वर्षीय सरदार अहमद खाँ, ३३ वर्षीय टोप बहादुर राना क्षेत्री,  ३८ वर्षीय दिपक केसी र  २१ वर्षीया ललिता सापकोटा रहेका छन् । उनीहरुले लालपुरस्थित भित्रि सडकमा मोटर साइकल दुघनामा सर्जन विकको मृत्यु भएको भनि रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझि कामना सेवा बिकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको र उक्त रकम बाडँफाँड समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो भने उनीहरुलाई बु  उनीहरु माथि अहिले बुधबार पक्राउ गरेको हो ।

    उनीहरुमाथि प्रहरीले थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

     


    images
    images

    Logo