काठमाडौं । आज सुनचाँदीको मुलयमा वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज एकैदिन ८ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मूल्यमा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।