काठमाडौँ । नेपाल प्रहरीमा बढुवा भएका ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुलाई पदस्थापन भएको छ । बिहिवार प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ३६ एसपीहरुको पदस्थापन गर्ने निर्णय गरेका हुन् ।
एक नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज रेग्मीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको छ ।
काे कहाँ पुगे ?