images
images

रमेश हमालले खोले ब्रोकरलाई २० करोड पुँजी पुर्याउनुको ‘रहस्य’


  • 828
    SHARES
  • २०७९ श्रावण १२ गते बिहीबार

    रमेश हमालले खोले ब्रोकरलाई २० करोड पुँजी पुर्याउनुको ‘रहस्य’

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लाइसेन्सका नाममा हुनसक्ने बेथितिलाई रोक्न ब्रोकरको चुक्ता पुँजी २० करोड कायम गरिएको बताएका छन् । नेपाल स्टक एक्सचेञ्जसँग सीमित ब्रोकर कम्पनी मात्रै धान्नसक्ने क्षमता भएको अवस्थामा थोरै पुँजी राख्दा लाइसेन्सको माग धान्न नसक्ने भएकोले पुँजी २० करोड राखिएको उनको भनाइ छ । 

    ‘अहिले नेप्सेको सिस्टमले १७०/७५ भन्दा धेरै ब्रोकर धान्न सक्दैन । यस्तो अवस्थामा लाइसेन्स खुलाउँदा धेरै आवेदन आउन सक्छ । यस्तो अवस्थामा हामीले कसैलाई लाइसेन्स दिने र कसैलाई नदिने गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्था आउन नदिन यो प्रावधान राखिएको हो । भोलि नेप्सेको क्षमता बढ्यो भने यसमा पुनरावलोकन गर्न सकिन्छ' उनले भने । 


    images
    images

    Logo