काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बिहिवार छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको भएको छ ।
बुधवार ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा बारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहिवार तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।