काठमाडौं । ललितपरको ग्वार्कोमा आज ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार विहान गुडिरहेको बस माथि ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको हो । उक्त बसमा यात्रु थिएनन् । बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको हो। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो।
बसले ट्याक्सी किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् भने एउटा मोटरसाइकल चालक समेत घाइते भएका छन् । अहिले एक जना यात्रुसहित तीन जना घाइते छन्।
उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जना डिस्चार्ज भइसकेका छन्। उक्त घटनाबारे ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।