काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएपछि काठमाडौं नगरपालिकाले भोलीदेखि फोहोर उठाउने भएको हो ।
महानगरले जारी गदै भनेको छ । ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ’।
महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो।
अब भोलिबाट फोहोर उठाउने र ढुवानी गर्ने काम सुरु हुने महानगरले जनाएको छ ।
