images
images

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प


  • 460
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    फिलिपिन्समा गयो शक्तिशाली भूकम्प

    काठमाडौं । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुुस गरिएको छ ।

    अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३ सय ३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो । 

    भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पु¥याएको छ । सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।

    भूकम्पपछि भवन आंशिक रूपमा भत्किएपछि अब्रा प्रान्तको एउटा अस्पताललाई खाली गराइएको थियो तर त्यहाँ कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । अहिले बिजुली आपूर्ति बन्द गरिएको छ 


    images
    images

    Logo