काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधवार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
मंगलवार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयँमा कारोबार भएको सुन प्रतितोला २ सय रुपैयाँले घटेर आज ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।