images
images

विज्ञ टोलीले अर्थ मन्त्रालयको फुटेजलाई ५१ वटा क्लिपमा गर्यो रिकभर


  • 430
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    विज्ञ टोलीले अर्थ मन्त्रालयको फुटेजलाई ५१ वटा क्लिपमा गर्यो रिकभर

    काठमाडौं । नेपाल प्रहरीको विज्ञ टोलीले अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभि फुटेजलाई ५१ क्लिपमा रिकभर गरेको छ । प्रहरीको विज्ञ टोलीले एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई बुझाएको हो ।

    बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

    सो घटनाबारे छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ । उक्त फुटेजमा मान्छेहरु आउजाउ गरेको देखिएपनि स्पष्ट भने देखिएको छैन । फुटेज एकदमै धमिलो स्पष्ट नदेखिने खालको रहेको छ ती फुटेजहरु केही सेकेन्डका मात्र रहेका छन् । 

    ती क्लिपहरु आजको विशेष समिति बैठकमा सदस्यहरुले हेरेका छन् । सो बैठक ४ बजे बस्नेगरि हाललाई स्थगित भएको छ ।  


    images
    images

    Logo