images
images

एकैदिन २ हजार ३९७ जना सवारी चालक परे कारबाहीमा


  • 503
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    एकैदिन २ हजार ३९७ जना सवारी चालक परे कारबाहीमा

    काठमाडौँ । प्रहरीले उपत्यकामा एकैदिन २ हजार ३ सय ९७ जना सवारी चालकलाई कारबाही गरेको छ । 

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारबाही गरिएकोे जनाएको छ ।

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने १ सय १२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक छन् । यस्तै, अन्य कारवाहीमा २ हजार ८४ जना सवारी चालक परेको कार्यालयले जनाएको छ । 


    images
    images

    Logo