images
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार


  • 545
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलवार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

    सोमवार ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, मंगलवार तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo