images
images

कालीगण्डकी करिडोर अवरुद्ध


  • 455
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    कालीगण्डकी करिडोर अवरुद्ध

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।

    कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

    उनका अनुसार उक्त पहिराले कालीगण्डकी करिडोरसँगै बागलुङबाट दक्षिण भेग कुस्मिशेरा र बरेङ जाने सडकखण्डसमेत अवरुद्ध गरेको छ । यससँगै बागलुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको छ । 

    उक्त स्थानमा दैनिकजसो पहिरो खसिरहेको छ । अहिले पहिरो पन्छाउनका लागि कालीगण्डकी करिडोर, बागलुङ नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । यस्तै आज बिहानदेखि अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्गको बुर्तिवाङ खण्ड पहिरो पन्छाएसँगै सञ्चालन भएको छ ।


    images
    images

    Logo