images
images

ट्रेजरी बिलको लागत १४% पुग्यो, माैद्रिक नीतिले थप्यो सरकारको व्ययभार


  • 486
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    ट्रेजरी बिलको लागत १४% पुग्यो, माैद्रिक नीतिले थप्यो सरकारको  व्ययभार

    काठमाडौं । शुन्य जोखिमयुक्त मानिने ट्रेजरी बिलमै बै‌कहरुले १४ प्रतिशतसम्म छुट पाउन थालेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार गरेको बोलकबोल अनुसार बैंकहरुले ९१ दिन अवधिको बिलमा बैंकहरुले अधिकतम १३.९९ प्रतिशतसम्म छुटदर कबोल गरेका हुन् । 

    उक्त बिलमा न्यूनतम ९.९० प्रतिशत र अधिकतम १३.९९ प्रतिशत छुटदर बोलकबोल भएको छ । १३ अर्ब ६० करोड रुपैयाँ बराबरको बिलको औसत लागत १२.००३३ प्रतिशत कायम भएको छ । 

    त्यस्तै सोमबार नै भएको बोलबकोलमा २८ दिने बिलका लागि ९.३३ देखि १२.२४ प्रतिशतसम्म छुटदर माग गरिएको छ । यो बिलमा औसत लागत ११.३४ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको बिल आज बिक्री गर्दैछ ।

    माैद्रिक नीतिमार्फत् राष्ट्र बैंकले थप तरलता खिच्ने नीति लिएपछि यसको प्रत्यक्ष प्रभाव ट्रेजरी बिलको लागतमा परेको हो । यसले सरकारी ऋणको व्ययभार थप बढाएको छ ।  


    images
    images

    Logo