images
images

भदौ १ गतेदेखि प्लाष्टिकको झोला प्रयोगमा कडाइ 


  • 403
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    भदौ १ गतेदेखि प्लाष्टिकको झोला प्रयोगमा कडाइ 

    काठमाडौं । सरकारले भदौ १ गतेदेखि प्लाष्टिकको झोला प्रयोगमा कडाइ गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै उत्तः दिनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, वितरण तथा प्रयोग गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको हो । 

    यसअघि यस्तो प्लाष्टिकको प्रयोग गर्न नपाउने व्यवस्था गत असोजमै लागु भइसकेको थियो । तर, अहिलेसम्म सरकारले यसको अनुगमन गरेको थिएन । अब भने यसमा कडाइ गरिने मन्त्रालयले जनाएको छ । 

    माइक्रोन भनेको लम्बाइ नाप्ने सबैभन्दा सानो इकाइ हो । १ मिलिमिटरमा १००० माइक्रोन हुन्छ । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकले वातावरणमा प्रभाव पार्ने भएकोले यसको उत्पादनदेखि प्रयोगसम्म कडाइ गरिएको हो । अहिले बजारमा पाइने झोलाहरु २० देखि ३० माइक्रोनसम्मका हुने गरेका छन् । 


    images
    images

    Logo