काठमाडौं । काठमाडौँको तीनकुनेको कल सेन्टरबाट प्रहरीले १ चिनियाँ, २ भारतीयसहित ३६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगर–९ तीनकुनेस्थित कल सेन्टरमा अवैध तवरले कामदारहरू राखी कल सेन्टर सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।
कल सेन्टरमा सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँ र नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरुसमेतबाट खटिएको प्रहरी टोलीद्वारा विद्युतीय उपकरणसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले ल्यापटप, कम्प्युटरलगायत विद्युतीय उपकरणहरु बरामद गरेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।