काठमाडौं । मंगलवार एकान्तकुना र नख्खुचोक चौबाटोमा एकतर्फी हुने भएको छ । ललितपुर महानगरले सोमवार विज्ञप्ति जारी गर्दै एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा भोलिदेखि एकतर्फी बनाउने निर्णय गरेको हो ।
नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुना आउन र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ आउन चार पांग्रे सवारीसाधनलाई निषेध गरिएको ललितपुर महानगरले जनाएको छ। साे सडकमा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म एकतर्फी गरिएको छ।
महानगरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘‘ चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९ साल श्रावण १० गते मंगलबारबाट विहान ८ बजेसम्म एकतर्फी गरिने व्यहोरा जानकारी गराउँदै आवश्यक सहयोगको लागि अनुरोध छ ।’
