images
images

मौद्रिक नीतिमा एफएनसीसीआईको असन्तुष्टि, ‘राष्ट्र बैंकले ब्याजदर बढाउने नीति लियो’ 


  • 337
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    मौद्रिक नीतिमा एफएनसीसीआईको असन्तुष्टि, ‘राष्ट्र बैंकले ब्याजदर बढाउने नीति लियो’ 

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले मौद्रिक नीतिको बारेमा आधिकारिक धारणा प्रस्तुत गरेको छ । मौद्रिक नीति जारी भएको ४ दिनपछि एफएनसीसीआईले यसबारे धारणा सार्वजनिक गरेको हो । 

    महासंघले मौद्रिक नीतिमा गरिएको बैंकदर बढाउने घोषणाले ब्याजदर बढाउने उल्लेख गरेको छ । त्यस्तै, सीआरआरले बजारमा तरलतामा थप दबाब सिर्जना गर्ने र एसएलआर बढाउने नीतिले लगानी विस्तारलाई रोक्ने उल्लेख गरेको छ । कर्जा विस्तारको लक्ष्य १२ प्रतिशतमा सीमित गर्दा यसले कर्जाको ब्याजदरलाई बढाउने महासंघले जनाएको छ । 

    महासंघले कोभिडबाट अति प्रभावित व्यवसायलाई पुनरकर्जा सुविधा कायम राख्ने र साना उद्यमीलाई पुनर्तालिकीकरणको सुविधा दिने व्यवस्थाको स्वागत गरेको छ । यद्यपि पूँजीको अभाव कम गर्ने ठोस उपाय नहुँदा निजी क्षेत्रलाई मौद्रिक नीतिले उत्साहित बनाउन नसकेको महासंघको ठहर छ । स्वीकृत ऋण समेत लगानीयोग्य रकमको अभावमा पाउन नसक्दा जलविद्युत, पर्यटन लगायतका परियोजनाको निर्माण पनि प्रभावित हुने महासंघले जनाएको छ । 

    शेयर बजारमा ४ करोडसम्बन्धी नीति खारेजी र २५ लाखसम्मको सेयर कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर एक सय प्रतिशत कायम गर्ने व्यवस्थाले साना लगानीकर्ताको माग सम्बोधन गरेको महासंघको भनाइ छ । तत्कालका लागि खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थ पदार्थमा आधारित २ करोडसम्मको कर्जामा दुइ प्रतिशतमात्रै प्रिमियम लिन पाउने व्यवस्था गरिएको छ ।


    images
    images

    Logo