images
images

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो ३ खर्ब २० अर्ब


  • 496
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    पेट्रोलियम पदार्थको आयातमै बाहिरियो ३ खर्ब २० अर्ब

    काठमाडों । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार १ वर्षको अवधिमा सवा ३ खर्ब बढी नेपाली बाहिरिएको छ ।

    भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक बर्ष२०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट ३ खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो । 

     ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँ बराबरको डिजेल, ६५ अर्ब ५५ करोड ९ लाख रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, ५२ अर्ब रुपैयाँ बराबरको मोबाइल र ल्यापटप,  ४८ अर्ब रुपैयाँको सुन–चाँदी र ७३ अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न आयात भएको छ ।

    नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । १ वर्षको अवधिमा  ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल, ४१ अर्ब ६४ करोड रुपैयाँ बराबरको प्रशोधित पाम तेल, १० अर्ब १४ करोड रुपैयाँ बराबरको सेन्थेटिक यार्न, ७ अर्ब ७१ करोड रुपैयाँ बराबरको उनीका सामग्री तथा ५ अर्ब ७६ करोड रुपैयाँ बराबरका तयारी कपडाको निर्यात भएको छ । 


    images
    images

    Logo