काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमबार बैंकले १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ भने ९१ दिनको लागि १३ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी बिल २८ दिनको साउन ७ गते परिपक्क हुनेछ भने ९१ दिनको कात्तिक ८ गते परिपक्क हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।