काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ८ लाख ३२ हजार कित्ता संथापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ८ लाख ३२ हजार ६ सय ३२ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।
उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र फाइनान्समा आवेदन दिनुपर्ने छ । उक्त समयमा तोकिएको आवेदन नपरेमा सर्वासधारणलाई विक्री गरिने फाइनान्सले जनाएको छ ।