काठमाडौं । आज सुनको मुल्य गिरावट आएको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कारोबार भएको सनुचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मुल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएमा आज १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा स्थिर आइ आइतबारको मुल्य प्रतितोला १ हजार १ सय १५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।