images
images

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल विजयी


  • 414
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल विजयी

    काठमाडौं । नेपाली कांगे्रसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७ सय ४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६ सय १२ मत प्राप्त गरेकी थिइन् ।  

    युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा १ हजार ६ सय ७९ मतदातामध्ये  १ हजार ३ सय ९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा,उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी भएका छन् ।  
     
    युनियनको महासचिवमा दिलीप पौडेल  र कोषाध्यक्ष माधव धिताल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।  


    images
    images

    Logo