images
images

एकैदिन २ हजार २८२ जना सवारी चालक परे कारबाहीमा


  • 532
    SHARES
  • २०७९ श्रावण ८ गते आइतबार

    एकैदिन २ हजार २८२ जना सवारी चालक परे कारबाहीमा

    काठमाडौँ । प्रहरीले उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारबाही गरेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारबाही गरिएकोे जनाएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन् ।

    यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारबाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् ।


    images
    images

    Logo