काठमाडौं । फरवार्ड माइक्रो फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामदयाल राजबंशी नियुक्त भएका छन् । शनिवार बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राजबंशीलाई साउन १५ गतेदेखि लागु हुनेगरि नियुक्त गरिएको छ । उनको कार्यकालको समयावधि ४ वर्षको रहनेछ ।