images
images

मंकीपक्स फैलिएपछि विश्वभर स्वास्थ्य आपत्काल घोषणा


  • 348
    SHARES
  • २०७९ श्रावण ८ गते आइतबार

    मंकीपक्स फैलिएपछि विश्वभर स्वास्थ्य आपत्काल घोषणा

    काठमाडौं । विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ। शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो।

    बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको जनाएका छन्। अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा मंकीपक्सको संक्रमण देखिएको छ। त्यस्तै, यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

    डब्लूएचओले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको यो तेस्रो पटक हो। कोरोना भाइरसको महामारीमा दुई वर्षअघि स्वास्थ्य आपत्काल घोषणा गरिएको थियो। त्यसअघि पोलिओको महामारी फैलिँदा पनि डब्लूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।

    डब्लूएचओले मंकीपक्स संसारका सबै क्षेत्रमा फैलिएको जनाएको छ। डा. टेड्रोसले भने, ‘डब्लूएचओको मूल्यांकनमा मंकीपक्सको जोखिम विश्वव्यापी रूपमा र मध्यम किसिमको छ। युरोपमा भने यसको जोखिम उच्च आंकलन गरिएको छ।’

    स्वास्थ्य आपतकाल घोषणाले यसको संक्रमण फैलिनबाट रोक्न सहयोग पुग्ने उनको विश्वास छ। यससँगै यसविरुद्धको खोप उत्पादन गर्न पनि सहायक हुने डा. टेड्रोसको भनाइ छ। यसको संक्रमण फैलिन नदिन कदम चाल्नुपर्ने उनले बताए। ‘यो एक प्रकोप हो। यसलाई सही रणनीति अपनाएर रोक्न सकिन्छ,’ उनले भने। मंकीपक्स सबभन्दा पहिले सन् १९५० मा मध्य–अफ्रिकामा देखिएको थियो।


    images
    images

    Logo