images
images

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


  • 396
    SHARES
  • २०७९ श्रावण ८ गते आइतबार

    आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र आज बिहान देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन् । 

    आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    images
    images

    Logo