images
images

निफ्रा र एचआईडीसीएललाई मर्जर गर्ने राष्ट्र बैंकको नीति


  • 1.3K
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    निफ्रा र एचआईडीसीएललाई मर्जर गर्ने राष्ट्र बैंकको नीति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डभेपलमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) लाई मर्जर गर्ने नीति लिएको छ । मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले पूर्वाधारमा लगानी गर्ने यी कम्पनीहरुबीच मर्जरको नीति लिएको हो । 

    मौद्रिक नीतिमा राष्ट्र बैंकले नाम उल्लेख नगरी पूर्वाधारमा लगानी गर्ने कम्पनीहरुलाई मर्जरमा लैजाने उल्लेख गरेको छ । तर, यसरी लगानी गर्न राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक भनेको यी दुई मात्रै हुन् । 

    मौद्रिक नीति प्रस्तुत गरेपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोही विषयमा उठाएको प्रश्नमा समेत राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले यसलाई स्वीकार गरे । ‘निफ्रा र एचआईडीसीएलमा मर्जरमा लैजान चाहेको हो ? भन्ने प्रश्नमा गभर्नरले भने, ‘तपाइँले ठीकै अनुमान गर्नुभएको छ ।’


    images
    images

    Logo