काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि दिइएको सुविधाको अवधि ६ महिना थप गरेको छ । नयाँ आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो समय पुस मसान्तसम्म थप गरेका हुन् ।
तर, अब एउटै समूहको बैंकहरुबीच मर्जर वा प्राप्ती भए मात्रै यस्तो सुविधा पाइनेछ । यसले बैंकहरुले विकास बैंक र वित्त कम्पनीलाई खरिद गर्ने व्यवस्थालाई भने निरुत्साहित गर्नेछ ।