काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बोर्डले शुक्रबार सुचना जारी गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । लोक सेवा आयोगबाट सहमति प्राप्ति भए बमोजिम बोर्ड र बोर्डका अन्तर्गत कार्यालयमा रिक्त रहेका पदहरुमा खुल्ला तथा आन्तरिक प्रतियोगिता मार्फत पद पदपुर्ति गर्नुपर्ने भएकाले बोर्डले कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि इच्छुक व्यक्तिले सुचना जारी भएको मितिले ३० दिन भित्र नियमित दस्तुत र दोव्वर दस्तुर तिरी थप ७ दिन भित्र तोकेको बमोजिम आवेदन दिन सक्नेछन् ।