काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएकको छ । ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्ने छ । सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गर्ने छ ।
मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए ।