काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड १९ को संक्रमण जोखिम कम गर्नका लागि मास्क र स्यानिटाइजरको अनिवार्य रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले विहीबार सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
यस्तै,विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग र स्यानिटाइजरको व्यवस्था गर्न र अन्तर्राष्टिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन मन्त्रालयले निर्देशन दिइएको छ । यस्तै,मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ ।
