images
images

चुम्लिङटारमामा बस र माइक्रो ठोक्किँदा १६ घाइते


  • 376
    SHARES
  • २०७९ श्रावण ५ गते बिहीबार

    चुम्लिङटारमामा बस र माइक्रो ठोक्किँदा १६ घाइते

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विङ्गनर (माइक्रो) गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् । काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको विङ्गनर गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएको हो ।

    दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङ्गनरका चालक घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए ।  घटना आज साँझ ५ः२० वजे भएको हो ।


    images
    images

    Logo