images
images

एनटीसीको नयाँ अफरः ४९ रुपैयाँमा दिनभर अनलिमिटेड डाटा


  • 921
    SHARES
  • २०७९ श्रावण ५ गते बिहीबार

    एनटीसीको नयाँ अफरः ४९ रुपैयाँमा दिनभर अनलिमिटेड डाटा

    काठमाडौं । नेपाल टेलिकमले छुट सहित भ्वाइस तथा डाटा प्याकका अफरहरु सार्वजनिक गरेको छ । साउन १ गतेदेखि लागु हुनेगरि टेलिकमले यस्तो अफर ल्याएको हो । जसअनुसार १५ रुपैयाँमा २४ घण्टाका लागि २० मिनेट र ४९ रुपैयाँमा तीन दिनको लागि १०० मिनेट जुनसुकै नेटवर्कमा कल गर्न सकिने (अलनेट) भ्वाइस प्याक ल्याएको छ । 

    त्यस्तै, १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा २४ घण्टाको लागि ४९ मा उपलब्ध गराइएको छ । त्यस्तै, एसएमएस प्याक अन्तर्गत  १५ रुपैयाँमा १०० एसएमएस १ दिनको लागि, २९ रुपैयाँमा २०० एसएमएस ३ दिनको लागि र ९८ रुपैयाँमा ३०० एसएमएस २८ दिनको पठाउन सकिने व्यवस्था गरिएको छ । 

    त्यस्तै, कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ । सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम उपलब्ध गराइएको छ । 

    सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध रहेको टेलिकमले जनाएको छ । 


    images
    images

    Logo