काठमाडौं । नेपाल प्रहरीका ९ जना प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार साँझ बसेको बढुवा समितिको बैठकले सो निर्याय गरेको हो ।
बैठकले प्राविधिक प्रहरी समूह, केनाईन, कम्प्यूटर, अन्य र भौतिक पूर्वाधारतर्फका ९ जना सईलाई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरेको छ ।
बढुवाको लागि सिफारिस हुनेमा रविन्द्र थापा, प्रबिण कुमार श्रेष्ठ, संजित कुमार दास, नविन कुमार कामती, हिमाल खड्का र रोशना न्यौपाने रहेका छन् ।