काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले दक्षिण अफ्रिकाको राजदूतको लागि दानबहादुर तमाङ नियुक्त गरेकस् छिन् । उनीले बुधबार तमाङलाई दक्षिण अफ्रिकाको राजदूतको लागि नियुक्त गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तमाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।