images
images

नेपाल टेलिकम वर्कर्स युनियनको 'नेतृत्व विकास' सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न


  • 398
    SHARES
  • २०७९ श्रावण ५ गते बिहीबार

    नेपाल टेलिकम वर्कर्स युनियनको 'नेतृत्व विकास' सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियनको नेतृत्व विकास सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वर्कर्स युनियनले बुधवार ३१औ बार्षिकोत्सबको उपलक्ष्यमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । 

    प्रादेशिक समिती, बागमती प्रदेशको आयोजनामा गरिएको सिो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरूङ  प्रमुख अतिथि रहेका थिए । उनले देशमा नेता थुप्रै भएका तर असल र सबल नेतृत्व कम भईरहेको समयमा यसरी गरिने कार्यक्रमहरूले नयाँ र आशा लाग्दा नेता जन्मने बताए । 

    294008821_506832741195221_4772004505501637073_n.jpg

    साथै यस्ता प्रशिक्षण कार्यक्रम बाट तयार भएका नेताहरू टेलिकममा मात्र सिमित नभई समाज र राष्ट्रकालागी समेत योगदान दिन सक्ने हुनको लागि उनले शुभकामना पनि दिए ।

     ५० जना प्रशिक्षार्थी सहभागी भएको एक दिने कार्यक्रमको सभापतित्व बागमती प्रदेश अध्यक्ष अचुत ओझाले गरेका थिए । कार्यक्रम अतिथिमा नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रीय सदस्य संजय दाहल,वर्कर्स यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद जोशी,सल्लाहकार मनिल ओझा,कृष्णप्रसाद अर्याल र कांग्रेस नेता प्रमोदहरि गुरागार्ई  रहेका थिए । 

    294096886_881835469377690_1595995305185862872_n.jpg

    प्रशिक्षक प्रमोदहरि गुरागाई, संजय कुमार दाहाल र शंकर लामिछानेले तीन सत्रमा प्रशिक्षण दिए । कार्यक्रम सभापतिले प्रशिक्षकहरूलाई मायाको चिनो दिदै आगामी दिनमा पनि यूनियनका सदस्यहरूको व्यक्तित्व र नेतृत्व विकासका कामलाई निरन्तरता दिने बताए । यस्ता कार्यक्रमले सहभागीहरूलाई, यूनियनलाई, समाज र राष्ट्रलाई मात्र नभई नेपाल टेलिकमलाई समेत फाईदा हुने भएकोले कम्पनीको ग्राहक सेवा थप प्रभावकारी बनाउन मदत पुग्ने बताए ।


    images
    images

    Logo