images
images

विदेश भ्रमण गर्न जानेले अब २ सय डलर मात्र साट्न पाउने


  • 392
    SHARES
  • २०७९ श्रावण ४ गते बुधबार

    विदेश भ्रमण गर्न जानेले अब २ सय डलर मात्र साट्न पाउने

    काठमाडौं । विदेश भ्रमण गर्न जाने नेपालीले अब एअरपोर्टको मनी चेन्जरबाट  २ सय अमेरिकी डलर मात्र सहटी सुविधा लिन पाउने भएका छन् । बुधवार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै  सो निर्णय गरेको हो । 

    राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै विदेश भ्रमणमा जाने नेपालीलाई राहदानी बापत अधिकतम २ सय अमेरिकी डलर सम्मको सहटी सुविधा दिने निर्णय गरेको छ । 

    राष्ट्र बैंकले बुधबार मनिचेञ्जर कम्पनी र अन्य निकायहरुलाई डलर सटहीमा कडाई गरेसँगै अब विदेश भ्रमणमा जाने नपालीले  २ सय अमेरिकी डलर मात्र साटन पाउने भएका छन् ।

    हाल वाणिज्य बैंकबाट भने १५ सय डलरको सटही सुविधा पाउने व्यवस्था छ । बैंकबाट १३ सय डलर वा सोभन्दा कमको सटही सुविधा लिएका व्यक्तीले विमानस्थलबाट थप २ सय डलरसम्मको सटही सुविधा पाउने छन् । तर बैंकबाट १५ सय डलरको सटही सुविधा लिइसकेको छ भने उसले यो सुविधा पाउँदैन ।

    nrb.jpg


    images
    images

    Logo