काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधवार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
मंगलवार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ९४ हजा रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधवार तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।