काठमाडौं । निर्वाचन आयोगले थप ५ जिल्लामा पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । यो सेवा थपिएका जिल्लाहरुमा काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा रहेको छ ।
आयोगले २९ गते बुधवार देखि काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लाहरुमा अनलाइन मतदाता नामावली दर्ता गर्ने कार्य सुरु गरेको थियो । सो कार्यलाई विस्तार गर्दै अब थप ५ जिल्लाबाट समेत यो सेवा प्राप्त गर्न सकिने भएको छ । साथै निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको छ ।
अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा)को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।